News

समीक्षा अधिकारीसँग नाम जोडिएपछि पल शाहले लेेेेखेे भावुक स्टाटस् (पढ्नुहोस् )

काठमाडौं / पछिल्लो समय अभिनेता पल शाह र गायिका समिक्षा अधिकारीको प्रेम सम्बन्ध बारेमा व्यापक चर्चा चलिरहेको छ ।

तर, यस बिषयमा  गायिका समिक्षा अधिकारी र पल शाहले फेसबुकमा एक स्टाटस् लेख्दै दुवै जनाले कुनै अ’नैतिक सम्बन्ध नरहेको र मिडियाले झुटा समाचार छापेको बताएका छन् ।

केहिदिन अघि एपि वान टेलिभिजनबाट प्रसारित रजतपट कार्यक्रमबाट सञ्चालक प्रकाश सुवेदीले पल र समिक्षाको बारेमा भिडियो रिपोर्ट प्रसारण गरेपछि उक्त बिषयले सामाजिक सञ्जाल भरिएको हो ।

पढ्नुहोस् पल शाहको स्टाटस् ।

नमस्कार

देश बिदेशमा रहनुभएका सम्पुर्ण मेरा दर्शक श्रोता ज्युहरुमा हार्दिक सम्मान अनि धेरै माया। बिगत केही दिनदेखी मेरो र गायिका समिक्षा अधिकारीको बिषयमा आइरहेका समाचार बाट म लगायत मेरो परिवार अनि मलाई माया गर्नुहुने सिङ्गो दर्शक दिर्घ नै दुखी बनेको महशुस हामिले गरेका छौ । जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही ब्यक्त्ती समूह कहि न कहि कुनै न कुनै प्रकारले नजिक हुने गर्छ यो हामी सबैलाई थाहा भएकै कुरा हो। मेरो पेशा र बिधाका कारण म धेरै मान्छेहरु सँग सहकार्य गर्नुपर्ने हुन्छ र म सँग जोडिनु हुने मेरा अग्रज, अनुज र सहकर्मीहरुमाझ मैले सदैब आफुलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छु। अरु कलाकारहरु सँग जस्तै र अरुले जस्तै साङ्गितिक सहकार्य गायिका समिक्षा अधिकारीसँग पनि भएको कुरा यहाहरुलाई विदितै छ।  हुँदै नभएका, गर्दै नगरिएका, बिना आधारका कुराहरुलाई गसिप बनाएर एउटा कालाकार र उसको व्यक्त्तिगत जीवन माथी आंच आउने किसिमले लेखिएका झुटा समाचारहरुले मलाई अत्यन्तै दुखि बनाएको छ। यसरी कसैको व्यक्त्तिगत प्रतिष्ठा र चरित्र हत्या हुने गरि बदनाम गर्ने गरि समाचार नबनाई दिनुहुन सम्पुर्ण मिडियाकर्मी ज्युहरुलाई हार्दिक अनुरोध गर्दछु। 

    मैले सधै दर्शक श्रोता मेरो घर अनि मिडियालाई आफ्नो परिवार मानेको छु र सदैव मानिरहने छु। यहि घर परिवारको माया, आशीर्वाद र शुभेच्छाको कारणले गर्दा नै म यहासम्म आइपुगेको छु। मैले जानेर नजानेर कसैको चित्त दुखाएको छु भने म यसै पोस्ट मार्फत हार्दिक माफी माग्द्छु।

गायिका समिक्षा अधिकारी र मेरो बिचमा भएको मित्रता र सहकार्यलाई अन्य अन्य तथानम शिर्षक दिएर सिङ्गो पत्रकारिता लाई पनि बदनाम गर्ने र हाम्रो चरित्र हत्या हुने कार्य नगरिदिनुहोला । 

धन्यवाद ?

– हजुरहरुको पल शाह !!

Related Articles

Back to top button