Entertainment

लोक गायक राजु परियारलाइ लोक स्वर सम्राट घोषणा,उपाधि पाएपछि खुसि हुदै भने:बल्ल समय आएको रहेछ -भिडियो सहित

नेपाली लोक दोहोरी क्षेत्रका लोकप्रिय गायक राजु परियारलाइ लोक स्वर सम्राट घोषणा गरिएको छ।पोखरामा भएको एक बिशेष सम्मान कार्यक्रमबाट परियारलाई लोक स्वर सम्राट घोषणा गरिएको हो।दोहोरी क्षेत्रमा झन्डै १५ हजार बढी गीतमा आवाज दिएका परियार लामो समय पछि दर्शकले खोजेको पदकबाट सम्मानित भएका हुन्। उनि पोखरामा भएको गण्डकी राष्ट्रिय म्युजिक अवार्डबाट सम्मानित भएका हुन्।

आफुलाई उक्त पदक दिएकोमा खुसि व्यक्त गर्दै परियारले भने “समय आउन पर्ने रहेछ हरेक कुरामा बल्ल यो पदकमा पनि योग्य महसुस गरेर आफ्नै क्षेत्रबाट सम्मान गरिदा खुसि लागेको छ।’ दोहोरीमा फेरी परियार उस्तै उर्जा बोकेर फर्किएका छन।पछिल्लो समय उनले आवाज दिएका अधिकंश गीत तथा लाइभ दोहोरीहरु चर्चामा रहेका छन।

परियारलाई बधाई व्यक्त गर्दै बरिष्ठ लोक गायिका प्राज्ञ हरिदेबी कोइरालाले भनिन ‘राजु परियारको आवाजनै काफी छ,उनले गाएको गीतकै आधारमा दिईएको यो पदक उनको लागि योग्य रहेको छ।राजुलाई लमजुङको हावापानीले कलाकार बनाएको हो।उनले अझै अगाडीनै यो सम्मान पाउने पर्ने हो।’ एता राजु परियारले पनि आफुले सधै पुज्ने गायिकामा हरिदेबी रहेको बताएका हुन्।

अग्रजको बिचमै पाईएको सम्मानको यो बेला सबैतिर चर्चा छ भने केहि व्यक्तिले बिरोध पनि गरेका छन तर राजुले आम दर्शकलाई यो सम्मानको जिम्मा दिएका हुन्। गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल जीवनको हातबाट उनले सम्मान हात पारेका हुन्।पुष्पाञ्जली स्टुडियोले दिएको उक्त सम्मानको सर्बत्र चर्चा भएको हो।परियार सम्मानित हुदै गर्दा उनका सबै समकालीन साथीहरुले शुभकामना दिएका छन। हेरौ यो बिशेष कुराकनी :

Related Articles

Back to top button