Health

एमाले नेता योगेश भट्टराई अस्पताल भर्ना

काठमाडौं । उच्च ज्वरोका कारण नेकपा एमालेका सचिव योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । एमालेका सचिव तथा प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईलाई केही दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल भर्ना भएका हुन् ।

ज्वरोका कारण घरमै आराम गरिरहेका भट्टराई निको नभएपछि शुक्रवार वीर अस्पतालमा भर्ना भएका छन् ।

बिरामीका कारण भट्टराई पार्टी स्थायी कमिटी बैठकमा समेत सहभागी हुन सकेका थिएनन् ।

डाक्टरको सल्लाहबमोजिम ७ दिनसम्म भेटघाट पूर्णरुपमा बन्द गरिएको छ ।

Related Articles

Back to top button