रोचक खबर

तिम्ल्याहा दिदीबहिनी एकै पटक गर्भवती….

अमेरिकाको क्लालिफोर्नियामा जन्मेका तिम्लिया दिदी बहिनी एकै पटक गर्भ वति भए पछि चर्चामा छाएका छन् ।बेलायतको मिरर डट सि‌ओ डट यूकेका अनुसार यी तीनै जना दिदी बहिनी एकै पटक गर्भ वती भएका छन् । यी तीन दिदी बहिनीले केही समयको अन्तरालमा पालैपालो सन्तान जन्माउनेछन् । यी तीन दिदीबहिनीहरु गिना, निना र भिक्टोरिया हुन् ।

दक्षिणी क्यालिफोर्नियाका यी दिदीबहिनी मध्येकी कान्छी भिक्टोरियाले उक्त सञ्चारमाध्यम सँग कुरा गर्दै आफूहरु एकै पटक गर्भ’वती हुनु सपना वास्तविकता भएजस्तै भएको बताइन् ।उनले अगाडि भनिन् ‘यो स्थितिमा हामी एक अर्का सँग के खान मन लागेको छ, कस्तो महसुस भइरहेको छ, कत्तिको थकाइ लागेको छ भन्ने जस्ता कुराहरु पनि साझा गर्छौं ।’ भिक्टोरियाकी पहिले नै २ वर्षकी छोरी पनि छिन् । ९ जुलाइमा उनको दोस्रो सन्तान जन्मिँदैछ ।

निनाले २८ अगष्टमा बच्चा जन्माउँदैछिन् । उनले पहिलो सन्तान छोरा जन्माउन चाहन्छिन् । सबैभन्दा जेठी गिनाको सन्तान भने सबै भन्दा पछि नोभेम्बरमा जन्मिनेछ । नोभेम्बरमा जन्मिने बच्चा गिनाको तेस्रो सन्तान हुनेछ । उनका ८ वर्षका छोरा र ५ वर्षकी छोरी छन् ।

उनीहरुले एकैपटक गर्भवती हुने योजना भने बनाएका थिएनन्। जेठी गिनाले पिपुल म्यागजिनसँग कुरा गर्दै भनिन् ‘म ग’र्भवती हुने पछिल्ली थिएँ । मैले इस्टर डिनरमा यसबारे बताउँदा बहिनीहरु चि’च्याउन थाले ।

उनीहरु आफूहरु ४ मिनेटको फरकमा जन्मिएका थिए ।माइली निनाका अनुसार एक वर्ष अघि देखि उनले आफ्ना श्रीमान सँग बच्चा जन्माउने योजना बनाइरहेकी थिइन् तर यस विषयमा दिदीबहिनीसँग भने सल्लाह भएको थिएन किनकि उनका दिदी बहिनीले पहिले नै बच्चा जन्माइसकेका थिए ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Related Articles

Back to top button