अब कतारमा अवैद्य व्यक्तिले पनि कम्पनी खोजेर काम गर्न पाउने
कत्तार । कतारमा विभिन्न कारणले अवैध भएका कामदारले कम्पनी खोजेर काम गर्न पाउने भएको छ ।
वर्किङ भिसामा कतार आएपछि कम्पनीले आईडी नदिएको वा विभिन्न कारणले आईडी नविकरण हुन नसकी कानूनी हैसियत गुमाएका व्यक्तिले कम्पनी खोजेर काम गर्न पाउने कतारस्थित नेपाली दूतावासले बताएको छ ।
नयाँ कम्पनीको अफर लेटर र अन्य कागजात सहित मन्त्रालयको कुनै शाखा कार्यालयमा गई निवेदन दिए हालसम्मको जरिवाना तथा सजाय मिनाहा यहाँको आन्तरिक मन्त्रालयबिच भएको कुराकानीबाट थप सूचना आएको दूतावासले जानकारी गराएको छ ।
निवेदन दिनुपर्ने स्थानहरुमा उम सलाल सर्भिस सेन्टर, उम सुनाइम सर्भिस सेन्टर, मिसाइमिर सर्भिस सेन्टर, अल रय्यान सर्भिस सेन्टर र अल वक्रा सर्भिस सेन्टर रहेको छ ।
त्यस्तै काम सुनिश्चित नभएका र जुनसुकै भ्रमण भिसामा आएर अवैध भएका व्यक्तिहरुको हकमा भने मन्त्रालयको सर्च एन्ड फलो अप शाखाको कार्यालयमा गएर स्वदेश फर्कने टिकटको बुकिङ देखाए जरिवाना मिनाहा गरि स्वदेश फर्कन दिइने मन्त्रालयले बताएको छ ।
कतार सरकारले अवैध कामदारलाई आउने ३१ डिसेम्बर सम्म आममाफी दिने घोषणा यसअघि नै गरिसकेको छ । क्यूएनखवरबाट