घट्यो विदेशी मुद्राको भाउ : हेर्नुहोस् कुन देशको कति ?
काठमाडौँ / शुक्रबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ८५ पैसा तोकिएको छ ।
त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९८ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रिदर ४ सय रुपैयाँ ७१ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १९ रुपैयाँ तोकिएको छ भने बिक्रिदर ३ सय २० रुपैयाँ ६० पैसा तोकिएको छ ।
एक साउदी रियालको खरिददर ३२ रुपैयाँ ६ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २२ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ १९ पैसा तोकिएको छ । एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ९७ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६६ रुपैयाँ २६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६७ रुपैयाँ ९ पैसा तोकिएको छ। त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ २६ पैसा तोकिएको छ ।