बिश्व इतिहासमै पहिलो पटक ७० वर्षीया महिलाले जन्माइन् सन्तान
भारतको गुजरातकी एक महिलाले ७० वर्षको उमेरमा पहिलो सन्तानलाई जन्म दिएकी छिन् । गुजरातको कुच जिल्लाकी ती महिलाले इन भिट्रो फ’र्टिलाइजेसन(आइभीएफ) विधिबाट बच्चालाई जन्म दिएकी हुन् ।
रापर तालुका भन्ने ठाउँँको मोरा गाउँ निवासी जिबुबेन बलाभाइ रबारी र उनका पति ७५ वर्षीय बल्जीभाइ रबारीले ४५ वर्षअघि बिहे गरेका थिए । बिहेपछि सन्तान नभएपछि उनीहरुले अनेकौँ उपचार गरे । कसै गरेपनि उनीहरुको सन्तान भएन ।वृद्ध उमेरमा आएर उनीहरुले आ’इभीएफ विधिबाट सन्तान जन्माउने योजना डाक्टरलाई सुनाए ।
यो उमेरमा ग’र्भवती भएर जोखिम नमोल्न डाक्टरहरुले जिबुबेनलाई सम्झाए । तर रबारी दम्पती सन्तानका लागि निकै लालायित थिए । उनीहरुले डाक्टरको सल्लाह मानेनन् । त्यसपछि चिकित्सकहरूले औ’षधि दिएर जिबुबेनको रोकिएको म’हिनावारी नियमित बनाए ।
रबारी दम्पतीको बच्चा जन्माउने कार्यमा संलग्न स्त्री रो’ग विशेषज्ञ डा.नरेश भानुशालीले भने–वृद्ध उमेरका कारण साँ’घुरिएको ग’र्भाशयलाई हामीले फराकिलो बनाउने काम गर्यौँ । अनि अण्ड नि’शेचन गराइ ब्ला’स्टोसिस्ट तयार गरी ग’र्भाशयमा राख्यौँ ।’