रोचक खबर

संसारमै अचम्मको घटना घट्यो ,जहाँ मानिसमा गरियो सुंगुरको मिर्गाैला सफल प्रत्यारोपण !!

काठमाडौँ : अमेरिकी चिकित्कसले सुँगरको मिर्गाैलालाई मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । द न्यूयोर्क टाइम्सका अनुसार प्रत्यारोपणपछि यसले सामान्यरुपमै काम गरिरहेको छ ।

अमेरिकी चिकित्सा इतिहासमा यसलाई ठूलै उपलब्धी मानिएको छ भने चिकित्सकले अन्य मिर्गौला पीडितमा पनि यस्तै प्रयोग गर्ने योजना बनाइरहेका छन् ।

अनुसन्धानकर्ताले लामो समयदेखि सुँगुरको मिर्गौलालाई मानिसमा प्रत्यारोपण गर्न सकिनेबारे सोध गरिरहेका थिए । पछिल्लो समय क्लोनिङ र जेनेटिक इन्जिनियरिङले यो प्रयोगले मूर्तता पाउने कुराहरुमा सजिलो बनाइरहेको थियो ।

तर, जनावरबाट मानिसमा अंग प्रत्यारोपण गर्ने यो कार्यलाई लिएर केही नैतिक आचारणका प्रश्नहरु पनि उब्जिएका छन् । न्यूयोर्क राज्यस्थित ल्यानगोन स्वास्थ्य केन्द्रका चिकित्सकले परिवारको अनुमति लिएर मस्तिष्कको मृत्यु भैसकेका एक व्यक्तिमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका थिए ।

ती बिरामीलाई भेन्टिलेटरमा जीवितै राखिएको थियो । मिर्गाैला प्रत्यारोपणपछि चिकित्सकले उक्त प्रत्यारोपित मिर्गौलाले काम गर्छ वा गर्दैन भनेर हेरेका थिए । यस्तो शल्यक्रिया पहिलोपटक भएको उनीहरुको भनाई छ ।

अनुसन्धानकर्ताले ५४ घण्टासम्म यसबारे अध्ययन गरेका थिए । तर, यो पद्धती चाँडै अन्य बिरामीमा भने लागू हुनेछैन किनभने त्यहाँ अन्य चिकित्सा र प्रविधिगत कठिनाइ आउनसक्छन् । तर, यस्तो शल्यक्रियामा संलग्न चिकित्सकले भने यसलाई कोशेढुंगा भनेका छन् ।

‘यो ठूलो सफलता हो’ शल्यक्रियामा संलग्न जोन हप्किन्स विश्वविद्यालयका प्राध्यापक तथा चिकित्सक डोरी सेगेभले भने, ‘यो अभूतपूर्व उपलब्धि हो ।’ अहिले अमेरिकामा १ लाखभन्दा बढी बिरामी मिर्गौला प्रत्यारोपणको पर्खाइमा छन् ।

अमेरिकामा मात्र हाल १ लाख ७ हजार बढी बिरामीहरु अङ्ग प्रत्यारोपण गर्ने पर्खाइमा छन् जसमध्ये ९० हजार बढीले मिर्गौला प्रत्यारोपण गर्न कुरिरहेका छन् । मिर्गौलाका लागि बिरामीले प्रायः पाँच वर्षसम्म पर्खिनुपर्ने हुन्छ ।

त्यसैले पनि वैज्ञानिकहरु जीवजन्तुको अङ्ग प्रत्यारोपण गर्ने सम्भाव्यताबारे दशकौँ अगाडिदेखि अध्ययन गरिरहेका छन् । तर हरेकपटक जनावरको अङ्ग प्रत्यारोपण गर्नासाथ हाम्रो शरीरले ‘रिजेक्ट’ गर्ने अर्थात नअपनाउने समस्या रहँदै आएको थियो ।
यसैको समाधानका लागि मोन्टगोमेरीको टिमले उक्त ‘रिजेक्सन’ निम्त्याउने सुँगुरको जिन परिमार्जित गरि हटाउने सिद्धान्तमा काम गरिरहेका थिए ।

‘गलसेफ’ नाम दिइएको सो परिमार्जित जिन युनाइटेड थेरापेउटिक्स कोप्र्स रिभिभिकोर युनिटले निर्माण गरेको थियो । यसपछि अमेरिकी खाद्य तथा औषध विभाग, एफडीएले यसलाई डिसेम्बर २०२० मा मासुको एलर्जी हुने मानिसहरुले प्रयोग गर्न सक्ने भनेर स्वीकृत गरेको थियो ।

सुँगुरबाट विकसित औषधि उत्पादन मान्छेमा प्रयोग गर्नका लागि एफडीएको विशेष अनुमति आवश्यक पर्दछ । यस्तोमा अहिले वैज्ञानिकहरु गलसेफ सुँगुर मानव बिरामीका लागि मुटुको भल्फदेखि छालासम्मको श्रोत बन्न सक्नेबारे विचार विश्लेषण गरिरहेका छन् ।

र यो नयाँ उपलब्धीले आगामी दुई तीन वर्षमै अन्तिम स्टेजमा रहेका मिर्गौला फेल हुने बिरामीका लागि सम्भावित नयाँ उपचार विधिको बाटो खुलाउन सक्ने बताए । गम्भीर रुपमा बिरामीहरुका लागि यो उपायले मानव मिर्गौला नपाइन्जेल छोटो अवधिका लागि या ‘पर्मानेन्ट ग्राफ्ट’ का रुपमा समाधानके काम गर्ने अपेक्षा गरिएको छ ।

तर अहिलेलाई सो प्रत्यारोपण तीन दिनका लागि मात्र छाडिएको हुँदा आगामी परीक्षणहरुले अझ दायरा बढाउने र नयाँ अवरोधकहरुको सामना पनि गराउन सक्ने मोन्टगोमेरीले बताए । यसमा त्यस्ता व्यक्तिलाई मात्र सहभागी गराइने जसले मानव मिर्गौला पाउने सम्भावना कम भएको या डाएलिसिसमा कमजोर प्रोग्नोसिस भएका बिरामीलाई मात्र सहभागी गराइने पनि उनले बताए ।

मोन्टगोमेरी भन्छन्, “त्यस्ता मानिसहरुमा मृत्यु दर क्यान्सर हुँदा जत्तिकै उच्च हुन्छ । त्यसैले हामी उनीहरुलाई थप केही महिनाका जीवन दिनका लागि भएपनि नयाँ औषधि दिन या नयाँ ट्रायल गर्न पछि हट्दैनौँ ।”

Related Articles

Back to top button