News
बाढी, पहिरो र डुबान अपडेट: ७७ को मृ’त्यु, २६ बेप’त्ता
काठमाडौं : साेमबारदेखि परेको अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बुधबार साँझसम्म ७७ जनाको मृ’त्यु भएको छ।
गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार यस प्राकृतिक विपतमा थप २६ जना बे’पत्ता छन् भने २२ घा’इते भएका छन्। बे’पत्ताको खोजी कार्यमा गृहले प्रहरी खटाएको छ।
बाढी पहिरोको जो’खिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्न प्रहरीले अ’नुरोध गरेको छ। पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा जारी रहेको प्रहरीले जनाएको छ।