News

पाँचथरमा पहिरोले बगाउँदा २१ को मृ’त्यु

फिदिम : पाँचथरको मिक्लाजुङ गाँउपालीकामा २१ जनाको मृ’त्यु भएको छ। ३ जना बे’पत्ता भएका छन्। गाउँपालिका अध्यक्ष अमर माखिमका अनुसार विभिन्न गाँउमा गएको पहिरोले बगाउँदा २१ जनाको मृ’त्यु भएको हो। २४ जनामा मध्ये २१ जनाको श’व भेटिएको छ। अविरल वर्षाका कारण पहिरो जदा मिक्लाजुङमा ठुलो क्ष’ती हुन पुगेको छ।

उनका अनुसार मिक्लाजुङ-५ मा १५ जनाको मृत्यु २ बेपत्ता, १ मा २, वार्ड २ मा २ जना, ४ मा १ जना बे’पत्ता भएका छन्। यस्तै ७ मा २ जनाको मृ’त्यु भएको अध्यक्ष माखिमले जानकारी दिए। मिक्लाजु-५ को कुरुम्बामा एकैठाँउ ११ जनाको मृ’त्यु भएको छ।

यस्तै फिदिम-४ मा दुई जना, फाल्गुनन्द गाँउपालीकामा-३ जना र कुम्मायमा पहिरोले पुरीएर एक जनाको मृ’त्यु भएको छ।टेलिफोन अवरुद्ध हुँदा विभिन्न ठाँउमा भएको मृ’त्यु र क्षतीको घट’ना जानकारीमा आउन सकेको छैन। जिल्लाका विभिन्न ठाँउमा दजर्नौ परिवार विस्तापित भएका छन्। मेची राजमार्ग लगायतका सडक पनि अवरुद्ध छन्।

फाइल फोटो

Related Articles

Back to top button