International

उडान भर्ने क्रममा विमानमा आगलागी, सवार २१ यात्रु सुरक्षीत

काठमाडौं, ३ कात्तिक । अमेरिकाको टेक्सस राज्यको ह्युस्टन विमानस्थलमा विमान दुर्घटना भएको छ । विमान दुर्घटनामा परि २१ जना यात्रु घाइते भएको अमेरिकी सञ्चारमाध्यमहरुले लेखेका छन् ।

म्याकडोनल डगलस एमडी–८७ जहाज ह्युस्टन एक्जिक्युटिभ विमानस्थलमा मंगलबार बिहान १०ः०८ बजे उडान भर्ने क्रममा विमानमा आगो लागेको थियो ।

विमान दुर्घटनामा विमानमा सवार सबै २१ यात्रुहरू सकुशल रहेको साथै उनीहरु सामन्य घाइते मात्रै भएको संघीय उड्यान प्रशासनले जनाएको छ ।

अन्य समाचार : काठमाडौँ, कात्तिक १ गते । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भएसँगै कारोबारको एकाधिकार पाएको नेपाल आयल निगमको घाटा चुलिएको छ । विश्व बजारमा कच्चा तेलको मूल्यमा भइरहेको अस्वाभाविक वृद्धिले विश्वभर नै पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ ।

आज मात्रै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८५दशमलव ५८ अमेरिकी डलर पुगेको छ । पछिल्लो पटक अक्टोबर १६ मा इण्डियन आयल कर्पोरेशन ९आइओसी० ले पठाएको नयाँ मूल्य सूचीअनु्सार निगमको घाटा थप बढ्ने देखिएको छ । गत असोज ३० गते आइओसीबाट प्राप्त खरिद मूल्यअनुसार निगमको पाक्षिक घाटा रु दुई अर्ब २२ करोड नाघ्ने प्रक्षेपण गरिएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

आइओसीले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ७७ पैसाका साथै डिजेल र आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिलिटर समान सात रुपैयाँ नौ पैसा वृद्धि भएको छ । अक्टोबर १६ मा प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको खरिद मूल्य प्रतिलिटर ७६ रुपैयाँ सात पैसा, डिजेल प्रतिलिटर ७८ रुपैयाँ २८ पैसा र आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर ७३ रुपैयाँ २४ पैसा पुगेको छ । एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डिर एक हजार ३७५ रुपैयाँ दुई पैसा कायमै छ । आइओसीले पछिल्लो १५ दिनमा एलपी ग्यासको मूल्य बढाएको छैन ।

पेट्रोलको खरिद मूल्य सम्पूर्ण सरकारी कर तथा मूल्य अभिवृद्धि कर ९भ्याट० गरी ५६ रुपैयाँ ९८ पैसा, डिजेल ३९ रुपैयाँ ६६ पैसा, मट्टितेल १९ रुपैयाँ ६९ पैसा, आन्तरिक हवाई इन्धन १३ रुपैयाँ ११ पैसा, अन्तर्राष्ट्रिय हवाई इन्धन चार रुपैयाँ ६८ पैसा र एलपी ग्यास प्रतिसिलिण्डर २५० रुपैयाँ ८१ पैसा अतिरिक्त शुल्क लाग्ने गर्छ ।

पेट्रोलमा निगमको सम्पूर्ण खर्च एक रुपैयाँ ९६ पैसा, डिजेलमा एक रुपैयाँ ५६ पैसा, मट्टितेलमा एक रुपैयाँ ४६ पैसा, आन्तरिकतर्फ हवाई इन्धनमा प्रतिलिटर एक रुपैयाँ ४५ पैसा, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनमा प्रतिलिटर एक रुपैयाँ ४३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ११ रुपैयाँ ३८ पैसा जोडिएको छ ।

ढुवानी भाडा र बिक्रेताको मुनाफा गरी पेट्रोलको कूल लागत मूल्य प्रतिलिटर १४५ रुपैयाँ एक पैसा, डिजेलको प्रतिलिटर रु १२७ रुपैयाँ १६ पैसा, मट्टितेल प्रतिलिटर रु ९३ रुपैयाँ ४१ पैसा, आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर ९० रुपैयाँ ५६ पैसा, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धन प्रतिलिटर रु ८२ रुपैयाँ १३ पैसा र एलपी ग्यासको लागत मूल्य प्रतिसिलिण्डर एक हजार ९६१ रुपैयाँ ८८ पैसा रहेको छ ।

काठमाडौँमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १३० रुपैयाँ तोकिएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु ११३, आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर रु ८६, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धन प्रतिलिटर रु ०।७७० अमेरिकी डलर र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ४५० तोकिएको छ ।

पेट्रोल बिक्रीबाट निगमलाई प्रतिलिटर १५ रुपैयाँ एक पैसा, डिजेल बिक्रीबाट १४ रुपैयाँ १६ पैसा, आन्तरिकतर्फको हवाई इन्धन बिक्रीबाट प्रतिलिटर चार रुपैयाँ ५६ पैसा र एलपी ग्यास बिक्रीबाट प्रतिसिलिण्डर ५११ रुपैयाँ ८८ पैसा घाटा हुनेछ । मट्टितेल र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा मात्र निमगलाई सामान्य नाफा रहेको छ ।

निगमलाई मट्टितेलको बिक्रीबाट प्रतिलिटर १९ रुपैयाँ ५९ पैसा र अन्तर्राष्ट्रिय हवाई इन्धन बिक्रीबाट प्रतिलिटर १० रुपैयाँ ३७ पैसा नाफा छ । १५ दिनमा पेट्रोल बिक्रीबाट रु ४० करोड ५३ लाख, डिजेल बिक्रीबाट रु एक अर्ब नौ करोड, आन्तरिकतर्फको हवाई इन्धन बिक्रीबाट रु ११ लाख र एलपी ग्यास बिक्रीबाट रु ७५ करोड ७० लाख गरी दुई अर्ब २२ करोड छ लाख घाटा हुने निगमको प्रक्षेपण छ ।

पन्ध्र दिनमा मट्टितेल बिक्रीबाट रु दुई करोड ३३ लाख र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन बिक्रीबाट ९५ लाख नाफा हुनेछ । मट्टितेल र अन्तर्राष्ट्रिय हवाई इन्धन बिक्री न्यून भएकाले घाटा पूर्तिमा खासै प्रगति हुन नसक्ने निगमको भनाइ छ ।

विश्व बजारमा भइरहेको इन्धनको मूल्य वृद्धिले निगमको घाटा न्यूनीकरण गर्ने प्रयासमा अवरोध खडा गरेको छ । विगतका घाटा न्यूनीकरण गर्दै नाफामा जान लागेको निगमलाई खरिद मूल्यमा भएको वृद्धिले चुनौती थपेको छ । छ÷सात वर्ष अघिको रु ३७ अर्ब ऋण तिर्दै निगम विस्तारै नाफामा गएको थियो । गत आवमा निगम फेरि करिब रू तीन अर्ब घाटामा गएको छ । पछिल्लो तीन महिनामा निगम छ अर्ब घाटामा गएको प्रवक्ता उपाध्यायले बताउनुभयो ।

निगम चर्को घाटामा गइरहँदा पेट्रोलियम आपूर्तिमा व्यवधान खडा हुनसक्ने आशङ्का गरिएको छ । निगम लगातार घाटामा गइरहेको अवस्थामा यसले आपूर्ति व्यवस्थामा पनि असर पार्न सक्ने निगमका अधिकारीको भनाइ छ ।

Related Articles

Back to top button