News

अविरल वर्षाले सडक जलमग्न भएपछि खड्कुलो चढेर विवाह मण्डव

एजेन्सी । भारतको केरलामा भारी वर्षाको कारण एक दम्पतीले आफ्नो विवाहस्थल पुग्न एक विशाल खड्कुलोलाई डुङगा बनाएर विवाह मण्डपसम्म पुगेका छन्।

उनीहररुलाई खड्कुलोमा राखेर विवाहस्थलसम्म तानेर पुर्‍याइएको थियो । उनीहरु दुवै स्वास्थ्यकर्मी हुन् ।

‘भारी वर्षाका कारण केरलामा पुल र सडक बगाएको छ भने कतिपय गाउँहरु पूर्ण रुपमा यातायात सञ्जालबाट विच्छेद भएका छन्। अन्य समाचार / कंचनपुर – कंचनपुर जिल्लास्थित महाकाली नदीको भङ्गालोमा फसेका भीमदत्त नगरपालिका मछेट्टीका एकै परिवारका पाँच जनालाई १८ घण्टापछि उद्धार गरिएको हाे । सोमबार मध्यरातमा महाकाली नदीको जलस्तर वृद्धि भएसँगै महाकाली नदीकाे भङ्गालो गाउँ पसेपछि बीचमा फसेका पुष्करसिंह नायकको पाँच जनासहितकाे घर परिवारको उद्धार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले प्रहरीलाई सोमबार मध्यरातमा नायक परिवार फसेको खबर आएसँगै प्रहरीले विभिन्न निकायसँग समन्वय गरेको बताए ।

उनका अनुसार मंगलबार साँझ साढे ५ बजे फसेको स्थानबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत सुरक्षित स्थानतर्फ उद्धार गरिएको हो । पुष्करसिंह नायक, शान्ति नायक, सुरज नायक, अर्जुन नायक र अशोक नायकको उद्दार गरी नजिककै बस्तीमा राखिएको छ ।

बाँच्ने आस गुमाएका नायक परिवारलाई सरकारकाे पहलमा सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेपछि उनीहरू खुसी भएका छन् । कंचनपुरको दुर्गम बस्तीका रूपमा परिचित खल्लामछेट्टी जिल्लाकाे सदरमुकाम महेन्द्रनगरबाट ३८ किलोमिटर उत्तर क्षेत्रमा पर्छ ।

उक्त बस्ती बाढीको उच्चजोखिममा रहेको छ । खल्लामछेट्टीका स्थानीय युवा किसनसिंह खड्काले दुर्गम बस्तीका नागरिक विपद्को जोखिममा पर्दा ढिलै भए पनि सरकारले उद्धार गरेको भन्दै राज्यको आभास भएको बताए । उनका अनुसार सो गाउँमा झण्डै १०० परिवार डुबानमा परेका छन् ।

तटीय क्षेत्रका स्थानीय डुबानमा परेसँगै सुरक्षित भागतिर सरेका छन् । ब्रह्मदेवदेखि उक्त बस्ती जाने सडकसमेत चुरेबाट बग्ने खोला र महाकाली नदीको भङ्गालोका कारण जिल्लासँग सम्बन्ध बिच्छेद भएको खड्काले बताए ।

Related Articles

Back to top button