News

धरानमा पहिरोले घर पुरिँदा दुई बालबालिकाको मृत्यु

धरान । सोमबारदेखि अविरल परेको वर्षाका कारण पहिरोले घर पुरिँदा धरानमा दुई बालबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका– १३ नागेश्वर मार्ग बस्ने निसान राईकी छोरी आठ वर्षीया निसु राई र चार वर्षीय छोरा निहान राई रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

मङ्गलबार दिउँसो १ः४५ बजे घरमाथिबाट पहिरो खस्दा निसान राईको टिनको छाना भएको एक तले घर पुरिएको छ ।

घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय धरानबाट उद्धारका लागि प्रहरी टोली घटनास्थल पुगेको थियो । पुरिएको सो घरबाट प्रहरीले दिउसो साढे ३ बजे दुई बच्चाको शव निकालेको हो ।

Related Articles

Back to top button