बोलेरो जीप दुर्घटना, ६ जना घाइते
गोरखा । गोरखामा आज बिहान बलेरो जीप दुर्घटनामा परेको छ ।
फुजेलबाट बेनिघाट तर्फ जाँदै गरेको ना ४ च ७७३८ नम्बरको बोलेरो जीप गण्डकी गाउँपालिकाको बेनिघाट नजिकै रहेको मलेओडारमा दुर्घटना भएको हो ।
जीपमा १५ जना सवार थिए । दुर्घटनामा परी जीपमा सवार मध्ये ६ जना घाईते भएका छन् ।
घाईते जीप चालकका अनुसार जीपको ब्रेक फेला हुदाँ दुर्घटना भएको बताए । घाईते सबैको अहिले मलेखुको अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये २ जनाको अवस्था भने गम्भीर रहेको छ । अन्य समाचार / तेल उत्पादनको हिसाबले मात्रै नभएर अरम राष्ट्रको हिसाबले समेत शक्तिशाली रहेको साउदी अरबले आप्रवासी अदक्ष श्रमिकका लागि तोकेको न्यूनतम तलबलाई पुन हेरफेर गर्न राजी भएको समाचार आएको छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीको कुरालाई बिश्वास मान्ने हो भने साउदी अरबले छिट्टै नै अप्रावासी कामदारको तलबमा वृद्धि गर्ने छ । जसमा दक्ष ,अर्ध दक्ष र अदक्ष कामदार संगै घरेलु कामदार समेत पर्ने छन् ।
साउदी अरबले कति प्रतिशत सम्म तलब वृद्धि गर्छ भन्ने अनुमान लगाउदै अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार हाल खाई रहेको तलबमा १० प्रतिशत सम्म तलब वृद्धिको प्रस्ताव रहेको बताइएको छ ।
जुन वृद्धि तलब सरकारी तथा प्राइभेट सेक्टरमा काम गर्ने अप्रावासी कामदारहरु सबैमा लागू हुने बताइएको छ ।
प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले खाना र बस्नेबाहेक श्रमिकको न्यूनतम तलबमा हेरफेर गर्ने भएको बताइएको छ । यो घरेलु कामदारको हकमा समेत लागू हुनेछ । तर साउदी अरबको सरकारले कहिले देखि र कति तलब वृद्धि गर्ने भन्ने कुरा अझै खुलाएको छैन ।
साउदी राजकुमार बिबिएसले अमेरिका संग सम्बन्ध सुधरको कामलाई अगाडी बढाउदै अन्तर्राष्ट्रिय नियम र कानुन बमोजिम साउदीलाई लागि रहेको अवस्थामा अप्रवासी कमदारको तलब वृद्धिको समाचार सत्य हुनेमा जानकार बताउछन् ।