इन्द्रेणीको छत्रसँग बिबाहपछि जता हेर्यो त्यतै रमाइलो जुम्ला , काजल भन्छिन म भाग्यमानी हो ( हेर्नुहोस भिडियो सहित)
लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीका सबैको मन मुटुमा बस्न सफल जोडी छत्र शाही र काजल जोशी वैवाहिक बन्धनमा बाधिएका छन् ।दोहोरी खेल्न अब्बल यी जोडीको दोहोरीलाई लाखौं दर्शक स्रोताले रुचाएका छन् ।
ईन्द्रेणीमा लाईभ दोहोरी गाएर चर्चा कमाएका छत्र शाही र काजल जोशी लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै आएका थिए । केहिसमय अगाडि इन्द्रेणी कार्यक्रमको स्टुडियोबाटै बिबाहको घोषणा गरेका थिए । यी जोडीले गाउँमा पुगेर बिबाह गरेका हुन् ।
सबैको प्यारो इन्द्रेणीका कलाकार छत्र शाही र काजल जोशीबीच बैबाहिक जीवन सुरु भएको छ। काजल र छत्रबीच बिबाह भएको भिडियो बाहिरिएको हो।छत्र जन्मेको गाउँमै पुगेर दुइ बीच बैबाहिक जीवन सुरु भएको हो।घर भित्र्याउने क्रममा खिचिएको उक्त भिडियो अहिले सबैतिर भाइरल छ।
झन्डै ३ बर्ष देखिको प्रेम बैबाहिक जीवनमा लागु गरेका छन।उता छत्रको बिबाहमा इन्द्रेणी टिम पनि पुगेको छ भने भिडियोमा कृष्ण कंडेल देखिएका छैनन्,कृष्ण कंडेल पुगेका छन कि छैनन् भन्ने प्रमाणित भएको छ।धेरैले आफ्नै टिमको मुख्य व्यक्ति बिना बिहे किन गरेको भन्दै कमेन्ट गरिरहदा कृष्ण कंडेल न जानुको कारण पनि खुलेको छ।कृष्ण कंडेल यो बेला निकै बिरामी छन,उनि अस्पतालमै बस्न पर्ने भएकै कारण जान नसकेको इन्द्रेणी टिमले जानकारी दिएको छ। इन्द्रेणीमा सबै भन्दा धेरै मन पराइएका कलाकार हुन् छत्र शाही।
सबैले छत्रको बिहे काजल संगै हुनु पर्छ भन्दै भिडियोहरुमा कमेन्ट गर्दै आएका थिए सोहि दर्शकको मायाले पनि हुन सक्छ यी जोडीको अन्तत बिहे भएरै छाडेको छ।उनीहरुलाई सुभकामना दिन गाउँका गाउँपालिका प्रमुख देखि वडा अध्यक्ष सम्म पुगेका छन।छत्र सुदूरपश्चिममा जन्मिएका एक सफल गायक हुन्।