तीन दिदीबहिनीको सामूहिक बला’त्कार
( फाइल तस्बिर ) सिन्धुली / राति भेट्न बोलाएर ९ जनाको समूहले तीन बालिकामाथि सामू’हिक ब ला’त्कार गरेको छ । कमलामाई नगरपालिका–५ बोझेका एकै घरका दिदीबहिनी र उनीहरुको आफन्त पर्नेमाथि सामूहिक ब ला त्कार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरी निरीक्षक रामभक्त भट्टराईका अनुसार घ’टना गत शनिबार रातिको हो । ‘शनिबार राति ९ जना युवाहरुले बालिकालाई बोलाएर घरनजिकै बोझे खोला बगरमा लगी सामूहिक ब’ला त्का’र गरेको पुष्टि भएको छ,’ उनले भने । ब’ला त्कृत हुने बालिका १५, १६ र १७ वर्षका हुन् ।
प्रहरीका अनुसार ब’ला त्कार गर्ने एक जना र ब’ला¥त्कृत हुने एक जना बालिकाको पहिलेदेखि नै चिनजान थियो । चिनजानको आधारमा ती युवकले बालिकालाई फोन गरेर भेट्न बोलाएका थिए । आफ्नै बहिनी र आफन्त बहिनी लिएर उनी भेट्न खोला बगरमा गइन् । त्यही बेला ९ जनाको समूहले तीनै जना बालिकामाथि सामूहिक ब ला त्कार गरेको प्रहरीको भनाइ छ । प्रहरीले ९ जनामध्ये ३ जनाले प क्राउ गरेको छ भने ६ जना फरार रहेका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।