EntertainmentVideo

राजु परियारले गाएको यो बर्षको पहिलो देउसिभैलो गीत नै एकैछिनमा भाइरल बन्यो (हेर्नुहोस भिडियो)

नेपाली लोक दोहोरी क्षेत्रका राजा मानिने लोकप्रिय गायक राजु परियारको यस बर्षको पहिलो देउसी भैलो गीत बजारमा आएको छ।राजु परियार एक मौलिक आवाज भर्ने गायक हुन् त्यस माथि देउसी भैलो गीतमा उनको आवाज निकै मिठो सुनिएको छ।उनि संगै लामो समय देखि बिरामी रहेकी गायिका दिलमाया सुनारले यो गीतमा आवाज भरेकी छिन्।

मिडियाबाट भाइरल भएकी दिल माया सुनार केहि समय देखि बिरामी थिईन।अत्यन्तै सुमधुर आवाज भएकी दिलमायाको लागि यो अर्को ठुलो अवसर रहेको छ।राजु परियारले निशुल्क गाईदिएको गीत भित्र पर्छ दिलामयाको यो गीत।गीतमा कमल सरगमको शब्द तथा लय संकलन रहेको छ भने विन्ध्यवासिनी म्युजिकले गीतलाई बजारमा ल्याएको छ।

नेपाली लोक संगीतको बिशेष भूमिका खेल्दै आएको विन्ध्यवासिनीले यो अर्को उत्कृष्ट उत्पादनलाइ बजारमा ल्याएको हो।गीतमा राजु परियार,दिलमाया सुनार,अपिक्षा पौडेल,कमल सरगम,मान सिङ्ग खड्का,सम्प्रिया खड्का लगाएतको निकै उत्कृष्ट अभिनय रहेको छ। मनसिंह खड्काकै निर्देशन रहेको उक्त देउसी भैलो गीत आम दर्शकको रोजाई बन्ने पक्का देखिन्छ।

श्रीमानले अलपत्र पारेर छाडेपछि बिचल्ली अबस्थामा रहेकी दिलामयाको लागि यो गीत साहारा पनि बनेको छ।जिन्दगी र गीत संगीत देखिनै हरेश खाएकि दिलमायाले अब भने आफुलाई गायिकाको रुपमा पनि चिनाउन सक्ने भएकी छिन।उनको नया गीतको रुपमा आएको यस गीतमा तिहारको मौलिकता भरिएको छ।भिडियो हेरौ :

Related Articles

Back to top button