NewsVideo

गुल्मीमा खोलाले हेर्दा हेर्देै यसरी बगायो जिप – भिडियो सहित

गुल्मी – हिजो आइतवार रातिदेखि परेको वर्षाका कारण गुल्मीमा खोलाले एउटा जीप बगाएको छ ।आज सोमवार बिहान बुटवलबाट वामीटक्सार आउँदै गरेको लु १ ज ३४३२ नम्बरको यात्रुवाहक जीप खोला तर्ने क्रममा गुल्मीको सत्यवती गाउँपालिका ६ अन्तर्गत डहरे खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

दिउँसो २ः३० बजेको समयमा डहरे खोला तर्ने क्रममा खोलाको बीच भागमा पुगेपछि अचानक जीप रोकिएपछि यात्रुहरू तत्कालै जीपबाट झरेका थिए । जीपमा रहेका नौ यात्रु जीपबाट झरेलगत्तै ठाडो खोलामा माथिबाट आएको पानीको बहावले जीप बगाएर बढीघाट खोलामा पुर्याएको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभएको छ । 

खोलाले बगाएको जीप अझै फेला पर्न सकेको छैन ।वर्षाका कारण आज बिहानदेखि बन्द रहेको रिडी–रुद्रवेणी सडक भने केहीबेर अघिदेखि सञ्चालनमा आएको सत्यवती गाउँपालिका अध्यक्ष ढकालले बताउनुभएको छ ।

Related Articles

Back to top button