बिना मेकअप हिट भएकी यी अभिनेत्रीले २ करोड दिदा पनि किन गरिनन मेकअप ? यस्तो अनौठो कारण –
काठमान्डौ : दक्षिण भारतको चर्चित अभिनेत्री साई पल्लवी उत्कृस्ट अभिनयको कारण सबैमाझ चर्चित छिन् । दर्शकमाझ उनले एक छुट्टै स्थान बनाएकी छिन् । उनको केहि दिन अगाडी २९ औ जन्मदिन परेको थियो । अभिनेत्री साई पल्लवीले अहिलेसम्म तामिल, तेलुगु र मलयालम फिल्महरुमा अभिनय गरिसकेकी छिन् ।
सन २०१५ मा रिलिज भएको फिल्म प्रेमबाट अभिनयको सुरुवात गरेकी अभिनेत्रीले त्यसपछि कहिलेपनि बिगतलाइ फर्केर हेर्न परेन । साई पल्लबीको एक बिशेषता जसले सबैलाइ प्रभावित पारेको छ ।
साईले एक अन्तर्वार्तामा भनेकी थिइन्, उनको पहिलो फिल्म प्रेमम मा डाइरेक्टरले उनलाई बिना मेकअप अभिनय गर्न प्रोत्साहन गरेका थिए। त्यसपछि फिल्ममा काम गरेका डायरेक्टहरुले पनि उनलाई बिना मेकअप अभिनयको लागी प्रोत्साहन गरेका थिए ।
साई पल्लवी धरै फिल्महरुमा बिना मेकअप अभिनय गर्छिन्। गर्नै परेमा पनि उनि हल्का मेकअपमा देखिन्छिन्। आजसम्मको फिल्महरुमा प्रायजसो उनि बिना मेकअप नै देखिएकी छिन् ।
उनि जुनसुकै फिल्महरुमा साधारण र कुनैमेकअप बिना देखा पर्छिन्। यो कुरा सुनेर दर्शक अचम्मित छन् ।आजको समयमा युवतीहरु बीच एक अर्को भन्दा राम्रो देखिने प्रतिष्पर्धा चलिरहेको छ।
बिज्ञापनमा अभिनय गरेको २ करोड दिने अफर गरिएको थियो। उनले उक्त्त प्रस्तावलाइ अस्विकार गरेकी थिइन्। उनले भनेकी थिईन कि यस्तो बिज्ञापनबाट मिलेको पैसाले के नै गर्नु छ र ? अगाडी उनले थपिन, “म घर जान्छु, तीन ओटा रोटी र भात खानेछु । मेरो आवश्यकता धेरै कम छ।”
साई भन्छिन् कि उनी फिल्महरुमा मेकअप नगरी उनी जस्तो सबै केटीहरुको आत्मविश्वास बढाउन चाहन्छिन ।अभिनेत्री साई चर्चामा आउनुको एक बिशेष कारण छ, जब उनलाई एक फेयरनेस क्रीमको विज्ञापनमा अभिनयको लागि अफर गरिएको थियो । हेर्नुहोस तस्बिरहरु: