नेपाली चेली, ‘अमेरिकन आर्मी’, रजनी योन्जनका रमाइला टिकटक भिडियो; जुन निकै भाइरल छ्न(भिडियो हेर्नुस्)
विगत केही वर्षअघि देखि निकै नै नेपालीहरुबिच सामाजिक संजाल टिकटक निकै नै लोकप्रिय छ । यहांं सबै मानिसहरुले आफ्नो प्रतिभा पस्कने गरेका छ । कति मानिसहरु यहाबाट निकै नै भाइरल बनेका छन । त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटकबाट नै भाइरल हुने गरेका छन ।
त्यस्तै अहिले पछिलो समयमामा एउटि नेपाली चेली निकै नैभाइरल छिन । टिकटकम झण्डै २ लाख फलोवर्स कमाएकी उनी अमेरिकन आर्मी हुन । रुप र सुन्दरता मा पनि उत्तिकै राम्री उनी हुन रजनी योन्जन ।
वास्तवमा नेपाली चेली संसारकै सबैभन्दा शक्तिशाली देशको पनि सैनिक पेशामा आवद्ध हुनु हामी आम नेपालीको लागि गर्वको विशेष हो । उनले हामी आम नेपालीको बहादुरीपनको अर्को उदाहरण बनेकी छिन । बेला टिकटकमा पनि रमाइरहने उनका टिकटक भिडियोहरु निकै नै भइरल छ्न । अब हेरौ उनै नेपाली चेली, अमेरिकन आर्मी रजनी योन्जनका रमाइला टिकटक भिडियो:
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभाको विश्वासको मत लिने सभालाई सम्बोधन गर्दैअहिलेसम्मका सरकारले गर्न नसकेका र नभएको विकास निर्माण र सुधारको काम आफ्नो सरकारले गरेको दाबी गरेका छन् ।
पछिल्लो समय सरकारले भौतिक पूर्वाधारको विकास सँगसँगै डिजिटल युगमा प्रवेश गर्ने सन्दर्भमा समेत निकै ठूलो सफलता हासिल गरेको उनले बताएका छन् । पछिल्लो समय सरकारले घरमै बसेर आफ्नो भूमिको मापन गर्ने मेरो कित्ता जस्तो सफ्टवेयरको सवालमा होस् या माटो, मल, लगायतको परीक्षणको सवालमा सरकारले सहज डिजिटल प्रयोगको सुरुवात गरेको पनि बताएका छन् ।
प्रधानमन्त्री ओलीले भने, ‘हामी डिजिटल युगमा प्रवेश गरिसकेका छौ सरकार डिजिटल प्रविधिमा अघि बढिसकेका छ । अहिले हामी मोबाइलबाटै मेरो कित्ता एप्समार्फत जग्गाको कित्ताकाट, निरीक्षण गर्न सक्ने भएका छौं । नागरिक एप सञ्चालनमा आएको छ, त्यति मात्र होइन हामीले भर्खरमात्र काठमाडौँमा दैनिक १७ करोड लिटर पानी ल्याएका छौँ । काठमाडौं बासीले अहिले सहज रुपमा मेलम्चीको पानी खान, प्रयोग गर्न पाएका छन् । अझ हामी थप मेलम्ची र याङ्री गरी थप अरु १७/१७ करोड लिटर पानी ल्याइँदैछ । यसरी अब दैनिक ५१ करोड लिटर पानी काठमाडौंमा आउने छ । धरहरा ठडिएको छ । अन्य विकास निर्माणका कामहरु तिब्र रुपमा भएका छन् ।’
त्यस्तै, प्रधानमन्त्री ओलीले सभामा उद्योगहरुलाई संरक्षित गर्दै लैजाने, वैदेशिक व्यापार घाटालाई सरकारले पछिल्लो समय सन्तुलन गर्दै लगेको र सामाजिक विकास पूर्वाधारका कुराहरुमा तिब्र सुधारको क्रममा रहेको जानकारी दिएका छन् । पहिले वर्षमा लगभग १० किलो मिटर बाटो बन्ने गरेकोमा अहिले सरकारले दैनिक ६ किलोमिटर बाटो निर्माण र कालोपत्र गरिरहेको साथै १२ वटा नयाँ स्मार्ट सिटी बन्दै गरेको पनि बताएका छन् ।
सो अवसरमा उनले पछिल्लो समय कृषिमा समेत तीव्र सुधार भएको दाबी प्रस्तुत गरे । पछिल्लो समय धानमा ९ प्रतिशत, मकैमा ६ प्रतिशत र अन्यमा समेत सालाखाला ६ प्रतिशतले उत्पादन वृद्धि भएको उनले बताए । यता माच्छा मासु तथा दूधमा त नेपाल आत्मनिर्भर नै भइसकेको पनि उनले दाबी प्रस्तुत गरे ।