काठमाडौं । नेपाली गित संगीतको माहोलमा तथा चलचित्र क्षेत्रमा बिगत लामो समय बिताएकी रश्मि भट्टको नि,धन भएको छ । रश्मि भट्टले निकै नै कारुणिक अभिनय गर्दै नेपालि गीतसंगीतमा तथा चलचित्र क्षेत्रमा निकै ठुलो योगदान पुर्याएकी छन् । एउटा अमुल्या व्यक्तित्व गुमाउदा नेपालि गित संगित तथा चलचित्र क्षेत्रले ठुलो घाटा बेहोर्नु पर्नेछ । यो भने वास्तविकता होईन,परिकल्पना मात्र हो । भखरै मात्र सार्वजनिक भएको म्युजिक भिडियोमा रश्मि भट्टको निधन भएको दृश्या कैद गरिएको छ । आमाको मुख हेर्ने दिनको अवसर पारेर सर्जक सतिश अधिकारीको परिकल्पना तथा यथार्त घट,नालाई आधारित बनाएर अधिकारीकै शब्द सृजनामा यथार्थपरक गित”आमा तिम्रै झल्को छ”सार्वजनिक भएको छ ।
आज आमाको मुख हेर्ने दिन अर्थात्(मातातिर्थ औशी)देशी भरि कोरोनाको माहामारिका साथमा पनि हर्षोल्लासका साथ् मनाई रहेका छन् । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाउने चलन रहेको छ । साथमा आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादान सहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको छ ।
मरेको न्युजले आफै आत्तिए,सबै आत्तिए… रश्मि भट्टकसैको जिन्दगीमा किन यस्तो खेलवाड ! पत्रकारले त बुझेर न्युज लेख्नुपर्छ?यो म्युजिक video को आन्तराको clips हो त्यो गलत news बनाइएको फोटो,, म ठिक छु आराम छु है सम्पुर्ण मित्रहरू हजुर हरुलाई जानकारी गराउन चाहान्छु