News

आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन छ, त्यसैले ३ हप्ता दुःख सहेर भएपनि घरभित्र बसौ : जनस्वास्थ्य विज्ञ डा  पाण्डे

काठमाडौं । जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले  आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था हुने भएकाले यसलाई नजर अन्दाज नर्गन आग्रह गरेका छन् । अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव देखिएपछि यो अवस्था अझै ३ हप्ता रहने हुनाले अत्यन्तै सर्तक रहन आग्रह गरेका छन् ।

उनले यो ३ हप्ता दुःख सहेर भएपनि घरभित्र नै बस्न आग्रह गरेका छन् । डा. पाण्डेले ३ हप्ता पछि संक्रमणको दर विस्तारै घट्दै जाने पनि बताएका छन् । यसैगरी, उनले जीवनको तुलनामा दुस्ख सानो भएकाले खाद्यान्न किन्न दैनिक बाहिर ननिस्किन पनि सुझाव दिएका छन् ।

६ फिटभन्दा धेरै दुरी कायम गर्ने, साबुन पानीरस्यानिटाइजरले निरन्तर हात सफा गरेर गर्ने, भेटघाट बन्द गर्ने जस्ता स्वास्थ्य सुरक्षाका उपाय अपनाउन अपिल गर्दै सल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित भएकाले बाहिर निस्कनै परेको अवस्थामा डबल मास्क लगाएर मात्रै निस्किन आग्रह गरे ।कोरोना महामारी रोकथाम भन्दा उपचार निकै कठिन र जोखिमपूर्ण भएकाले यो ३ हप्ता दुःख सहन सवैमा उनको आग्रह छ ।

Related Articles

Back to top button