काठमाडौँ – लुम्बिनी प्रदेशमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचाररत संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा ७ जना रुपन्देहीका, ३ जना कपिलवस्तुका तथा नवलपरासी पश्चिम र प्युठानका एक–एक जना छन् ।
मृतक १२ मध्ये ११ जना पुरुष र एकजना महिला रहेको छन् । उनीहरुमध्ये ५ जनाको गएराति १२ बजे यता बिहानसम्म, ४ जनाको सोमबार दिउँसो साढे ४ बजेपछि राति १२ बजेसम्म, २ जनाको २६ गते र एकजनाको २४ गते दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ । यो पनी पढौँ
काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ९ हजार ४८३ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २१ हजार ३१६ जनाको पीसीआर–एन्टिजेन परीक्षण ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
२० हजार ५९६ जनाको आरटी–पीसीआर परीक्षण र ७ सय २० जनाको एन्टिजेन परीक्षण गर्दा ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा मुलुकभर ९ हजार ४८३ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४ लाख १३ हजार १११ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार २२५ संक्रमित निको भए, २ सय २५ को मृत्यु
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ हजार २२५ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ५ हजार २२५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ३ लाख १२ हजार १९ पुगेको छ ।
यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ४ सय ४८ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २१ हजार ३१६ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २६ लाख ७२ हजार ७२६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा थप २ सय २५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।