News

आजपनि बढ्यो सुनको भाउ : तोलाको कति पुग्यो ? हेर्नुहोस्

काठमाडौं / मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  सोमबार तोलामा २ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले बढेको हो ।

सोमबार तोलाको ९२ हजार रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले बढेर ९२ हजार ३ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य घटेर प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Related Articles

Back to top button