News
अभिनेता राहुलको निधन
भिनेता राहुल बोहराको आइतबार निधन भएको छ । उनी कोरोनाद्वारा पीडित थिए र आफ्नो उपचार गराइरहेका थिए । राहुलकी श्रीमती ज्योति तिवारी श्रीमानको वियोगमा छिन् ।
यसैबीच उनले आफ्ना श्रीमानको न्यायको माग गरेकी छिन् ।ज्योतिले सोसल मिडियामा एउटा पोस्ट लेखेकी छिन् । साथै राहुलको एउटा भिडियो सेयर गरेकी छिन् । जसमा उनले अस्पतालको लापरवाहीबारे कुरा गरिरहेकी छिन्
।भिडियोमा राहुलले अक्सिजन मास्क हटाएर आजको समयमा यो निकै मूल्यवान् भएको बताइरेका छन् । उनले यो बिना बिरामी छटपटाउनले गरेको पनि बताए ।
त्यसपछि उनले पुनः मास्क लगाएर भन्छन् कि यसबाट केही आइरहेकै छैन । राहुल थप्छन्, ‘अटेन्डेन्ट आएकी थिइन् । मैले उनलाई यसबारे बताउँदा उनले एउटा बोतल हुन्छ र त्यसबाट यसमा पानी आइरहेको बताइन् ।