HealthNews

कोरोनाको खतरा बढ्यो, आज १ सय ३९ संक्रमितको मृ त्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। १७ हजार ६२३ जनाको पिसिआर परीक्षणमा र ७८८ जनाको सिमा नाकामा एन्टिजेन गरी १८ हजार ४११ जनाको परीक्षण गर्दा ९ हजार २७१ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये हाल ९३ हजार १४१ जना सक्रिय संक्रमित छन्। हाल ४२७ जना संक्रमित क्वारेन्टा्रइनमा छन्। पछिल्लो २४ घण्टामा १३९ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार नेपाली सेनाले गरेको शव व्यवस्थापनको रिपोर्टका आधारमा मृतकको संख्या २४ घण्टामा बढी देखिएको हो। यो सहित नेपालमा ३ हजार ८५९ संक्रमितको मृत्यु भएको छ।

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?
कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ – ११३३ / ९८५१२५५८३९ / ९८५१२५५८३७ एम्बुलेन्स सेवाको लागि १०२ / यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै नेपालमा पनि अक्सिजनको आवश्यकता व्यापक रूपमा बढेको चिकित्सकले बताएका छन्। कोभिड-१९ का बिरामीहरूको सङ्ख्या बढेसँगै उनीहरूलाई आवश्यक पर्ने मेडिकल अक्सिजनको अभाव हुन नदिनका लागि उत्पादन बढाउन सरकारले उत्पादनकर्ताहरूलाई निर्देशन समेत दिएको छ। त्यसबाहेक सरकारले लिक्विड अक्सिजनको अवैध निर्यात गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।

Related Articles

Back to top button