प्रधानमन्त्री ओलीको भविश्य अब राष्ट्रपतिको हातमा, यसरी पुन आउनसक्छन् पदमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि अब अर्को सरकार गठनका लागि बाटो खुलेको छ । विश्वासको मत प्रतिनिधिसभाबाट अस्वीकृत भएपछि प्रधानमन्त्री पद रिक्त भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट बिश्वासको मत नपाएपछि उनको पद अब के होला भन्ने सर्वत्र चासो छ । उनले बिश्वासको मत नपाएसँगै ओली प्रधानमन्त्री पदबाट पदमुक्त भएका छन् । तर प्रधानमन्त्री केपी शर्मा ओली पुन प्रधानमन्त्री भै रहने सम्भावना भने अझै जिवितै छ ।
प्रधानमन्त्रीको विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएको थियो । त्यसपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । प्रस्तावको पक्षमा ९३ मत परेको छ । प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्ने थियो ।
संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित नै भएनन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् । जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरु भने तटस्थ बसेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका पक्षमा विश्वासको मत मागेका थिए । सोमबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले राष्ट्रिय हित र जनजीवीकाको सवालमा रहेको प्रष्ट पारेका थिए । वर्तमान सरकारलाई कसैले अविश्वास गरिरहनु पर्ने कुनै कारण नै नरहेको ओलीले दाबी गरेका थिए । उनले राजनीतिक कारणले ममाथि विश्वासको मत छ भन्ने ठानेकोले सदनमा उभिएको बताएका थिए ।
अब प्रधानमन्त्रीले राजिनामा दिन सक्छन् ।
राष्ट्रपतिले उनको राजिनामा स्वीकृत गर्न सक्छिन् । संसदको सबैभन्दा ठूलो दलको हैसियतले उनैले प्रधानमन्त्रीको पुन नियुक्ती पाउन सक्छन् । संसदमा कसैको बहुमत नपुगेको अवस्थामा प्रधानमन्त्री पदमा रही रहन सक्छन् ।
नेकपा एमालेका नेता एवं संविधान सभाका पूर्व अध्यक्ष सुवास नेम्वाङले संसदमा विश्वासको मत लिन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएको बताएका छन् । संसदमा मतदानपछि बाहिर निस्किदै गर्दा उनले यस्ता प्रतिक्रिया दिएका हुन् । ‘प्रधानमन्त्री पदमुक्त हुनुभयो, अब राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुहुन्छ,’ नेम्वाङले भने ।