HealthNews

एकै दिन बुटवलमा दुई को’रोना सं’क्रमितको मृ’त्यु

बुटवलमा उपचाररत थप पाँचजना कोरोना संक्रमितको मृ’त्यु भएको छ । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत चारजना र लुम्बिनी प्रादेशिक अस्पतालको जनरल आईसीयूमा उपचाररत एकजनाको मृ’त्यु भएको हो । मृत्यु हुनेमा रुपन्देही,कपिलवस्तु र दाङका एक–एकजना हुन् । लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार वैशाख २३ गते लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएका तिलोत्तमा-२ का ५६ वर्षीय पुरुषको आइतबार राति ९: ५० बजे मृ’त्यु भएको हो ।

यस्तै कोरोना विशेष अस्पतालमा बैशाख १७ गते भर्ना भएका कपिलवस्तु बनगाईका ४३ वर्षीय पुरुषको आइतबार राति ८:३० बजे र सोही अस्पतालमा वैशाख १८ गते भर्ना भएका दाङ तुल्सीपुर–५ की ३७ वर्षिया महिलाको आइतबार राति १०:०७ बजे मृत्यु भएको हो । यस्तै वैशाख २४ गते भर्ना भएका बुटवल–७ का ४५ वर्षीय पुरुषको सोमबार बिहान ७:५२ मा र १८ गते भर्ना भएका तिलोत्तमा-१ का ६४ वर्षीय पुरुषको बिहान ८.४२ बजे मृ’त्यु भएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांक अनुसार योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृ’त्यु हुने संख्या २७१ पुगेको छ ।

यस्तै ,कोरोना संक्रमणबाट नेपाली कांग्रेस ओखलढुंगाका पूर्वजिल्ला सभापति पृथ्वीबहादुर कार्कीको नि’धन भएको छ । कोभिड– १९ बाट संक्रमित भई काठमाडाँैंको ह्याम्स अस्पतालमा उपचाररत कार्कीको सोमबार ७८ वर्षका उमेरमा नि’धन भएको हो । एक दशकअघि जिल्लामा कांग्रेसको नेतृत्व गर्नुभएका कार्कीले २०१८ सालमा कांग्रेसमा आबद्ध भई राजनीतिक यात्रा शुरु गर्नुभएको थियो । उहाँले प्रतिबन्धित कालमा पटकपटक कारागार जीवन बिताउनाका साथै प्रजातन्त्र प्राप्तिका विभिन्न आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

यसैबीच कार्कीको नि’धनप्रति ओखलढुंगा कांग्रेसले शो’क व्यक्त गरेको छ । पार्टी सभापति प्रदीपकुमार सुनुवारद्वारा जारी गरिएको वक्तव्यमा ओखलढुंगाले प्रजातान्त्रिक आन्दोलनका एक विशिष्ट योद्धा गु’माएको बताइएको छ । कार्कीको नि’धनले ओखलढुंगा कांग्रेसमा अपूरणीय क्षति भएको जनाउँदै सात दिनसम्म पार्टीको आधा झण्डा झुकाउने र पाँच दिनसम्म कुनै औपचारिक कार्यक्रम नगर्ने कांग्रेस ओखलढुंगाले जनाएको छ ।

 

Related Articles

Back to top button