News
कठमाडौंमा सबैभन्दा धेरै संक्रमित
कोरोनाभाइरस (कोभिड१९)को नयाँ भेरियन्टको सङ्क्रमण दर बढ्दो छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिलेसम्म कोरोनाको नयाँ भेरियन्टको सङ्क्रमण ७७ वटै जिल्लामा फैलिसकेको जनाएको छ ।
शनिबारसम्म नेपालमा कुल सङ्क्रमितको सङ्ख्या तीन लाख ८५ हजार ८९० पुगेको छ भने तीन हजार ६३२ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै अहिलेसम्म दुई लाख ९८ हजार ७६५ जना सङ्क्रमण मुक्त भएका छन् । साथै ८३ हजार ४९३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार मनाङ, मुगु, मुस्ताङ, हुम्ला र डोल्पामा सबैभन्दा कम सङ्क्रमित रहेको छ ।
सबैभन्दा कम सङ्क्रमित मनाङमा रहेको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ । मनाङमा १३ जना महिला र ८ जना पुरुष गरी जम्मा २१ जना सङ्क्रमित भएका छन् ।