बाबालाई पाल्छु भनेर अमेरिका पुगेका सागर कहिल्यै नफर्कने गरि सबैलाई रूहाएर गए,परिवारको दर्दनाक कहानी
संयुक्त राज्य अमेरिकामा भएको आगजनी र गो*लीका*ण्डको घटनामा एक जना नेपालीले ज्या*न गुमाएमा छन्।शनिबार बिहान मेरिल्यान्डको बाल्टिमोरमा एक व्यक्तिले घरमा आगजनी गरी गो*ली चलाउँदा एक नेपालीसहित चार जनाको मृ*त्यु भएको हो।
उक्त घ*टनामा परी ज्या*न गुमाउनेमा संखुवासभा खाँदबारी नगरपालिका-६ का अन्दाजी २७ वर्षीय सागर घिमिरे छन्।सागरको मृ*त्यु भएको उनका ठूला बुवा खड्गबहादुर घिमिरेले पुष्टी गरे।
समाचार संस्था एपीका अनुसार घरमा आगजनी गर्ने र गो*लीबारी गर्ने व्यक्ति पनि मा*रिइसकेका छन्। बाल्टिमोर प्र*हरीले जारी गरेको विज्ञप्तिअनुसार गो*ली हान्ने व्यक्ति ५६ वर्षीय एभर्टन ब्राउन हुन्। उनी सोही ठाउँमा बस्ने गरेको प्र*हरीले जनाएको छ। आगजनी र गो*ली किन चलेको हो भन्ने खुलिसकेको छैन।
चार जना प्र*हरीले एभर्टनमाथि गो*ली चलाएर मा*रेको एपीले जनाएको छ। प्र*हरीले सार्वजनिक गरेको भिडिओमा एक घरमा आगलागी भइरहेको देखिन्छ।
आगलागी भएकै घरछेउमा सागर र सर्लाहीका श्याम अधिकारी बस्थे।
‘एकैछिन अगाडि मलाई मेरो भाइले छोरो बितेको खबर सुनाए,’ घिमिरेले भने,’ अमेरिकी सरकारले नै छात्रवृत्तिमा पढाएको थियो। भर्खरै पढाइ सकाएको मात्रै थियो। जागिर मिलाउँदै थियो। यस्तो भइहाल्यो।’
घिमिरे चार वर्षअगाडि अमेरिका गएका थिए। उनले क्लाफिन युनिभर्सिटीबाट केही समयअघिमात्रै स्नातक सकाएका थिए।’उनका दाजु अशक्त छन्। अरू दाजुभाइ छैनन्, हाम्रो परिवार कुलको बत्ती थियो उतै अमेरिकामा निभ्यो,’ ठूलो बुवा घिमिरेले भने।
सागरकी आमा पनि केही समय अघि नै बितिसकेकी थिइन्। आमाको मुटु रोगका कारण नि*धन भएको ठूला बुवाका छोरा कुमार घिमिरेले जानकारी दिए।
सागर सानै उमेरदेखि कुमारसँग काठमाडौंमा आएर पढेका थिए।कुमारले पनि आइतबार बिहानमात्रै आफ्ना भाइ बितेको खबर पाएको जानकारी दिए।’मैले बिहानमात्रै खबर पाए। भर्खरै सागरसँगै बस्ने रूममेट भाइसँग पनि कुरा गरेर के भएको हो भन्ने बुझेँ,’ कुमारले भने,’ ती भाइको चाहिँ खुट्टामा चोट लागेर बाँचेछन्।’
उनीहरू दुबै जनाले नेपालमा प्लस टु सकेर अमेरिका गएका थिए।शनिबार बिहान सुतिरहेको बेलामा एक्कासी ठूला ठूला आवाज आउन थालेपछि श्याम ब्युँझिएका थिए। सुरूमा आफूले भुइँचालो आएको ठानेको उनले कुमारलाई बताएका छन्।श्यामले आफ्नै कोठामा सुतिरहेका सागरलाई उठाए र बाहिर भागे।
‘एउटा अश्वेत पुरुषले आफ्नै घरमा आगो लगाएका रहेछन्। त्योसँगैको घरमा नेपालीको घर छ। जहाँ हाम्रा भाइहरू बसिरहेका थिए,’ श्यामले आफूलाई भनेको कुरा उदृत गर्दै कुमारले भने,’बिहान एक्कासी आवाजहरू आएपछि श्यामले सागरलाई भुइँचालो आयो भनेर उठायो। तल गएर हेर्दा भुइँचालो नभई आगलागी भइरहेको रहेछ।’
बाहिर घरमा आगो लागिरहेको उनीहरूले देखेपछि दुबै जना घरबेटीलाई उठाउन र आफ्ना सामान लिन घरभित्रै पसेको कुमारले बताए।
‘आगलागी भएको थाहा पाएपछि उनीहरू दुबै जना घरबेटीलाई बचाउन भनेर माथि गएर बोलाउन गएछन्। आफ्ना डकुमेन्टहरू पनि लिएर सबै तल झरे। के छुटेछ क्यारे श्याम भाइ माथि गएछ। तल झर्दा सागर लडिरहेका देखेछन्। उनलाई उठाउन खोजेछन्। काखमा लिँदा सास चलिरहेको थियो रे फेरि त्यो मान्छे आएर श्यामलाई गोली हानेछन्। उसको खुट्टामा लाग्यो।’
श्याम अहिले अस्पतालमा भर्ना भएका छन्। उनको खुट्टाको भोलि अपरेशन गर्न लागेको कुमारले जानकारी दिए।
‘श्यामलाई भाइ बितेको थाहा रहेनछ। उसले प्र*हरीलाई सोध्दा अर्को अस्पतालमा छ भनेछन्। ऊ अहिले पनि सागर खोज्दै छु भन्दैछ,’कुमारले भने,’ धेरै राम्रो पढ्ने भाइ थियो। छात्रवृत्तीमा आइटी पढेर भर्खरै ग्र्याजुएट भएको थियो। सानैदेखि मसँगै बसेको थियो।’
सागरका काका पनि अमेरिकाको क्यालिफोर्नियामा बस्छन्। उनका बुवा र दाजु खाँदवारीमै छन्।
घटनापछि क्यालिफोर्नियाबाट काकाहरू बाल्टिमोर जाँदै गरेको कुमारले बताए। उनको श*व नेपाल ल्याउने कि उतै दाहसंस्कार गर्नेबारे पनि छलफल भइरहेको उनले बताए।