HealthNews

प्युठानमा एकैदिन दुई जना को’रोना संक्रमितको मृ’त्यु

प्युठान प्युठान एकैदिन दुई जना को’रोना संक्रमितको मृ’त्यु भएको छ । जिल्लाको सरुमारानी गाउँपालिका – २ दर्भानका ३८ वर्षीया एक पुरुषको उपचारको क्रममा मृ’त्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक टेकेन्द्र रायमाझीले जनाकारी दिनुभयो। उहाँलाई बैशाख १९ गते बुटवल स्थित नेश्नल प्याथोलोजिमा एन्टिजेन परिक्षण गर्दा पो’जेटिभ देखिएको थियो। उहाँलाई होम आ’इसोलेसनबाट शुक्रबार मात्र जिल्ला अस्पताल बिजुवारमा ल्याइएको थियो।

त्यस्तै, ऐरावती गाउँपालिका – ४ का ७४ बर्षिय पुरुषको पनि को’रोना सं’क्रमणबाट मृ’त्यु भएको स्वास्थ्य कार्यालय प्युठानका फोकल पर्सन पुस्कल श्रेष्ठले जानकारी दिनुभयो । शुक्रबार एन्टिजेन परीक्षण गर्दा उहाँलाई को’रोना पो’जेटिभ देखिएको थियो। दुबै पुरुषको जिल्ला अस्पताल बिजुवारमा उपचारका क्रममा शनिबार मृ’त्यु भएको हो। यो संगै प्युठानमा को’रोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या २२ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ।

कपिलवस्तुमा कोरोना भाइरस स’ङ्क्रमित बिरामीको सङ्ख्या बढ्न थालेपछि सदरमुकाम तौलिहवामा रहेको कपिलवस्तु अस्पतालमा उनीहरुको उपचारमा समस्या हुन थालेको छ । कपिलवस्तु नगरपालिका र स्वास्थ्य कार्यालयको पहलमा तौलिहवाको जमुवार टोलमा स्थापना गरिएको २० शय्या (बेड) को को’रोना अस्थायी अस्पतालमा स’ङ्क्रमित बिरामीहरु राख्ने ठाउँ नभएपछि कपिलवस्तु अस्पतालमै स’ङ्क्रमित बिरामीहरुको उपचार सुरु गरिएको हो ।

अस्पताल भवनको इमरेन्जी वार्डको बाहिरपट्टिको बरन्डामा बेडको प्रबन्ध गरी को’रोना सङ्क्रमित र को’रोना शङ्कास्पद बिरामीहरुको उपचार भइरहेको छ । स’ङ्क्रमित बिरामीहरु बढ्न थालेपछि बरन्डाको भुइँमा राखेर पनि बिरामी उपचार थालिएको छ । स्वास्थ्यकर्मीहरु रात–दिन खटिए पनि अक्सिजनलगायत अन्य स्वास्थ्य सामग्रीको अभावका कारण सेवा प्रभावित हुन थालेको कपिलवस्तु अस्पतालका मेडिकल अफिसर गणेश क्षेत्रीले बताउनुभयो ।अस्पतालमा अक्सिजनको अभावमा बिरामी समस्यामा परेका छन् । अस्पतालमा एउटै सिलिन्डरबाट दुई–तीन जना सम्मलाई उपचार गरिरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर किशोर बन्जाडेले बताउनुभयो ।

पालिकाले अस्पतालमा अक्सिजन सिलिन्डर व्यवस्थापन गर्न नसकेपछि अक्सिजन बैंक स्थापनाका लागि स्थानीय युवाको अग्रसरतामा अभियान सुुरु गरिएको छ । गएको वर्ष सक्रियता देखाएका पालिकाका जनप्रतिनिधिहरु यस वर्ष भने खासै सक्रिय नभएको कपिलवस्तु नगरपालिका २ का युवा अगुवा प्रकाश घिमिरेको गुनासो छ । कपिलवस्तुमा अहिले झन्डै नौ सय जना सक्रिय स’ङ्क्रमित रहेका छन् । स’ङ्क्रमणबाट ६४ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Related Articles

Check Also
Close
Back to top button