News
विवाहकै दिन बेहुलीलाई कोरोना संक्रमण पुष्टि भएपछि..
एजेन्सी, २५ मंसिर । हाम्रो छिमेकी राष्ट्र भारतमा विवाह हुनु केही घण्टा अगाडि मात्रै बेहुलीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपनि विवाह सम्पन्न भएको छ ।
यो घटना भारतको राजस्थानको हो । बेहुलीलाई कोरोना पुष्टि भएपनि स्वास्थ्य सुरक्षाको अपनाएर (बेहुला–बेहुली) पीपीई लगाई विवाहको कार्यक्रम सम्पन्न गरेका हुन् । साथै उक्त विवाहमा उपस्थित अन्य सबै जनाले पनि आफ्नो सुरक्षाका लागि पीपीई लगाएका थिए ।
उक्त विवाहमा एक जना मात्र आमान्त्रित रहेका जनाइएको छ । स्वास्थ्यकर्मीले नै पीपीई लगाएर विवाह गर्न अनुमति दिएको बीबीसीमा उल्लेख छ । – प्रतीकात्मक तस्बिर