पर्वतमा विश्वकै पहिलो ‘स्काई चेयर’
सहासिक पर्यटनको नयाँ र आकर्षक गन्तब्य बन्दै गएको पर्वतको कुस्मामा अब बिश्वकै पहिलो स्काई चेयर समेत सञ्चालनमा आएको छ ।
कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुलमा बनेको बिश्वकै दोस्रो अग्लो बन्जी र बिश्वकै अग्लो स्वीङ संगै नयाँ आकर्षणको रुपमा बिश्वकै पहिलो स्काई चेयर सञ्चालनमा आएको हो ।
द क्लिफ प्रालिले बञ्जीको रिर्सोटबाट कालीगण्डकीको खोँचमा स्काईचेयर निर्माण गरेको हो । स्काई चेयर कालीगण्डकी नदीमा पानीको सतह देखि ४ सय४८ मिटर उचाईमा छ । स्काईचेयर सञ्चालनमा आएपछि कालीगण्डकीको कहालिलाग्दो खोँचमाथि आकाशमा कुर्सीमा बसेर पर्यटकले कफी पिउन र ब्रेकफाष्ट खान पाउने छन । ‘बिश्वमा यस्तो प्रकारको स्काईचेयर कहिँ पनि भेटिएको छैन।’
द क्लिफका अध्यक्ष राजु कार्कीले भन्नुभयो‘नदीको खोँचमा आकाशमा बसेर कफी पिउने र ब्रेकफाष्ट गर्न चाहने सहासी पर्यटकका लागि नयाँ सुबिधा थपिएको छ ।’ चेयरमा बसेर कालीगण्डकीको खोँच, धौलागिरी हिमश्रृङ्गखला, बञ्जी र स्विङ्ग गर्दै गरेका दृश्य पनि देख्न सकिने छ । नेपालसमाचार पत्रबाट