२१ बर्षिय चेलिको काखमा दुई बर्षिय बच्चा छ ,दुबै आमा छोराले चार दिन देखि केही पनि खान पाएकै छैनन् ,भोकै छन् ।यो कोरोनाको भयावह स्थितिमा घरभित्र बसेका मान्छेहरुनै सुरक्षित छैनन् अझ यी आमा र छोरा त झन कसरी सुरक्षित हुदा हुन् ।अझ एक्लि केटि बिना श्रिमानकि भैरहदा धेरैले कुदृष्टि समेत लाउने उनी बताउँछिन् ।
आफुले यति कलिलो उमेरमै बिवाह गरेर बच्चा पनि जन्माइन् ।तर उता आफ्नो श्रिमानले भने अर्किसग बिवाह गरेर भारतमै बस्दै आएका छन् ।यस्तो लकडाउनको अवस्थामा नत काम नै छ नत अरु केही नै ,आफू त जेनतेन पानी खाएर पनि बाचौला तर मेरो बच्चा मैले कसरी बचाउनु भन्दै दुखेसो गर्छिन् उनी ।
पशुपतिको गन्दगी क्षेत्रमा उनी आफ्नो छोरोसग बेसहारा अवस्थामा देखिन्थिन् ।यस्तो कोरोनाको बेला हुनेखानेको त सबै सकिदै गइरहेको बेला अझ हुँदै नहुनेको त झन के हाल भएको होला त्यो त परिकल्पना भन्दा पनि बाहिरको कुरा भयो ।आजको यश शृङ्खलामा तिनै भोका आमा छोराको व्यथा पेश गर्दछौ ।
हेर्नुस् भिडियो सामाग्री