News
आज थप ८८ जनाको कोरोना संक्रमणबाट मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ८५० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
१८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा ८८ हजार १६० जना सक्रिय संक्रमित पुगेका छन ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५२ जनाको मृत्यु भएको छ । तर यसअघि ज्यान गुमाएकाहरूको विवरण प्राप्त भएकाे २६ जना गरी ८८ जनाको ज्यान गएको मन्त्रालयले जनाएको । यस्तै पछिल्लो २४ घन्टामा ४ हजार २२ जना डिस्चार्ज भएका छन्।