Videoरोचक खबर

हेर्दै अनौठो घर नेपालकै पुरानो दुईतले खरको गोलो घरमा ८४ बर्षका हजुरबुबा(भिडियो)

कुनैबेला परम्परागत रुपमा बनाइएका ‘घुमाउने घर’ले गाउँ भरिएको देखिन्थ्यो। झन्डै एक दशकअघिसम्म कतै कतै पुरानो घुमाउने आकारमा बनाइएका घरहरु देखिन्थे।

यसले गाउँ नै सुन्दर र रमाइलो देखिन्थ्यो। तर आधुनिकताको प्रवेशसंगै पछिल्लो समयमा घुमाउने घर क्रमशः लोप हुँदै गएको छ।

पहिला अन्यत्र गएर गाउँमा कमाउने खासै हुँदैनथे, बाउ बाजेले बनाएका घुमाउने घरमै जीविका चलाउनुपर्ने बाध्यता थियो। गाउँका युवाहरु वैदेशिक रोजगारी र विभिन्न पेशा व्यवसायमा संलग्न हुन थालेपछि पुरानो घुमाउने घरको ठाउँमा सिमेन्ट र ढुङ्गाबाट नयाँ घर बनाउन थालिएको छ।

स्थानीय बासिन्दाले घुमाउने घरको सट्टा सिमेन्ट जोडेर ढुङ्गाको गारो भएका घर धमाधम बनाइरहेका छन्। पुरानो घरमा जीविका चलाउन कठिन भएपछि उनीहरुले त्यसलाई हटाएर नयाँ घर निर्माण गर्न थालेका हुन्।

बाँकी भिडियो हेरौँ//

Related Articles

Back to top button