News

ह्वात्तै बढ्यो सुनको भाउ : तोलाको कति पुग्यो हेर्नुहोस् ।

काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

शुक्रबार तोलाको ९१ हजार ७ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा १ सय रुपैयाले बढेर ९१ हजार ८ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।  त्यस्तै आज चाँदीको मूल्य घटेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर तोलाको १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related Articles

Back to top button