गुल्मी— गुल्मीमा चट्याङ लागेर घाईते भएकी १८ वर्षीय करिष्मा गाहाको मृत्यु भएको छ। बिहान सुतिरहेको समयमा घरमा चट्याङ लागेर घाईते भएकी करिस्मा लाई उपचारको लागि जिल्ला अस्पताल तम्घास पुर्याईएको थियो। उक्त अस्पतालमा उपचार हुन नसकि पाल्पा रिफर गरिएकी गाहाको बाटोमा निधन भएको तम्घासबाट बिमल छन्तेलले जानकारी दिनुभयो।
च’ट्याङ लागेर करिस्माको मुख,कपाल जलेको थियो। गुल्मीमा चट्याङ लागेर एकै परिवारका ७ जना सहित ९ जना घाईते भएका थिए। जसमा एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नं ४ दजाकोट स्थित स्थानीय उजिर सिहं गाहाको घरमा बिहान साढे ५ बजेको समयमा एक्कासी चट्याङ मगर सहित उनका परिवारका ७ जना घाईते भएका हुन्।
बिहान सुतिरहेको समयमा घरमा चट्याङ पर्दा उजिर मगर सगैं उनकी श्रीमती ६२ वर्षीय सतिकला गाहा, छोरा ३७ वर्षीय तुल बहादुर गाहा, बुहारी ३२ वर्षीय जुनी गाहा, नातिनी बुहारी १८ वर्षीय करिष्मा गाहा, नातिनी १४ वर्षीय मेलिना गाहा र नाति १८ वर्षीय जेनित गाहा घाईते भएका हुन् । त्यस्तै छिमेकी चित्र बहादुर गाहा र उनकी श्रीमती ज्योतिकला गाहा पनि घाईते भएका छन् ।
त्यस्तै जुनी गाहा, मेलिस गाहा र जेनित गाहालाई जिल्ला अस्पतालमा सामान्य उपचार पछि पाल्पा रिफर गरिएको र उनीहरुको अवस्था पनि गम्भीर रहेको स्थानीय विमल छन्तेलले जानकारी दिनु भयो त्यस्तै अन्य घाईतेहरुको जिल्ला अस्पताल तम्घासमा उपचार भईरहेको छ। चट्याङले घरमा समेत क्षति पुगेको उहाँले बताउनुभयो।
उक्त चट्याङमा परि निधन भएकी करिष्माले ३ महिना अगाडी मात्र विहे गरेर घरमा आएकी थिईन् । उनका श्रीमान पनि अहिले घरमै छन् । भर्खरै बिहे गरेर नौला सपना स’जाएका करिष्माको जोडि’को सपना अधुरै रह्यो । उनको उपचारको क्रममा तम्घास अस्पतालमा निधन भएको हो । ताजा खबर बाट