अर्घाखाँची जिल्लामा आज ८२ वर्षिय आमा भेटिनु भयो । मज्जाले लौरो टेकेर हिड्न सक्ने हुनुनछ । उहाको नाम चुराकरा पाण्डे हो । आजको बसाईमा उहाँ सग रमाइलो कुराकानी गरेका छौ । दुई छोरिहरुको बिहे गरे पश्चात् एक्लै बस्दै आउनु भएको छ ।
७ वर्षको कलिलो उमेरमा आफुभन्दा २६ वर्षीय जेठो केटा सग उहाको बिबाह भएको रहेछ । बाबुआमाले सानैमा बिहे गर्दिनु भयो ।
बुढा ३१ वर्षको हुन्थ्यो मलाई केही थाहा छैन त्यो बेलाको उहाले सुनाउनु भयो । १० वर्षको उमेर हुदा मात्र बुढाको घर थाहा पाउनु भएको रहेछ ।
बिचरी आमाको श्रीमान उमेरमै ख`स्नु भएछ । सानी छोरी ५ महिनाको हुदा छो`डेर जानू भएको रहेछ । दु`ख गरेर छोरिहरु हुर्काए भन्नुहुन्छ ।
श्रीमान बिनाको जीवन एउटा् नारिको अन्धकार हुन्छ उहाले पनि थुप्रै क`ठिनाईहरु भोग्दै आउनु भयो । बिगत सम्झिदा भ’क्कानिनु भयो ।
भजन गाउन समेत माहिर आमा अहिले कान्छी छोरी सग बस्नु भएको छ । एक्लो जीवन ,कहाँ जाउ,के गरौ हुन्छ उहालाई कुरा बुझिदिने छैनन उहाको ।
माइतमा कोहि पनि नभएकाले माइत नगएको धेरै भएको रहेछ उहाको । जिवनमा हासेर बाच्न छोड्नु हुन्न भन्ने मान्यता छ उहाको ।